शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – च्याम्पियन्स लिग फुटबलको छनौट अन्तर्गत प्ले अफको पहिलो लेगमा लिभरपुल विजयी भएको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले जर्मन क्लब होफेनहाइमलाई २–१ ले हराएको हो ।

लिभरपुलको जितमा ट्रेन्ट एलेक्जेन्डर अर्नोल्ड गोल गरे भने होफेनहाइमका हावर्ड नोर्डट्भाइटले आत्मघाती गोल गरे । होफेनहाइमका लागि मार्क उथले एक गोल फर्काए । ३५ औं मिनेटमा अर्नोल्डले गोल गरेपछि लिभरपुलले पहिले हाफमा १–० को अग्रता लियो ।

७४ औं मिनेटमा नोर्डट्भाइटको आत्मघाती गोल उपहारको रुपमा पाएपछि लिभरपुलको अग्रता दोब्बर भयो । ८७ औं मिनेटमा उथले होफेनहाइमका लागि एक गोल फर्काए पनि हार टार्न भने सकेनन् ।

यस्तै राति नै भएको अर्को खेलमा सिएसकेए मस्कोले योङ ब्वाइज तथा एफके क्वाराब्यागले एफसी कोपनहेगनलाई समान १–० ले हरायो ।

तपाईको प्रतिक्रिया