बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – सिएरा लियोनमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या चार सय पुगेको छ । सयौँ अझै हराइरहेका छन् । उद्धारमा लागेका सहयोग निकायहरुले झण्डै ६ सय जना हराइरहेको बताएका छन् भने तीन हजार मानिस विस्थापित भएका छन् ।

सियरा लियोन सरकारले राहत तथा उद्धारको कामलाई तीब्रता दिन निर्देशन दिएको छ । राष्ट्रपति एमेष्ट बाइ कोरोमाले पहिरोले धेरै क्षति पुर्‍याएको भन्दै पहिरोबाट प्रभावित हजारौँलाई तत्काल राहतको आवश्यकता रहेको भन्दै सहयोगका लागि अपिल गर्नुभएको छ ।

 

राजधानी फ्रिटाउन नजिकै लेदोमाटो सहितको पहिरो जाँदा ठूलो संख्यामा जनधनको क्षति भएको रेड क्रसलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । लगातारको वर्षाका कारण रिजेन्ट क्षेत्रको एउटा पहाडमा पहिरो गएको हो । पहिरोले त्यहाँ गएका घरलाई पुरेका स्थानीय अधिकारीले बताएका छन् ।

स्थानीय समय अनुसार सोमबार सबेरै पहिरो गएका बेला धेरै मानिस सुतिरहेकाले ज्यान जानेको संख्या बढी भएको हो । पहिरो गएको क्षेत्र नजिकको बस्तीका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने खोजी तथा उद्धारको काम भइरहेको उहाँले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया