बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – जापान सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रमलाई २८ करोड अनुदान सहयोग प्रदान गर्ने भएको छ । जापानले विद्यालय क्षेत्र विकास कार्यक्रम (दोस्रो वर्ष २०१७-१८)को लागि नेपाल सरकारलाई २८ करोड अनुदान प्रदान गर्ने भएको हो ।

जापान अन्तर्राष्ट्रिय सहयोग समिति (जाइका) नेपालले अन्य विकास साझेदारहरुसंग विद्यालय क्षेत्र विकास कार्यक्रमको कार्यान्वयन जुलाई २०१६ देखि गरेको हो । जस अन्तर्गत शिक्षा क्षेत्रमा आवश्यक स्तरोन्नत्ती, परिर्वतन समग्र शिक्षा क्षेत्रको पद्दतीको सुधारको आधारमा गरिन्छ । जाईकाका अनुसार विद्यालय क्षेत्र विकास कायक्रमको मुख्य उद्देश्य नेपाललाई शिक्षा क्षेत्रमा चाहिने जनशक्ति विकास गर्नु र सन् २०३० सम्म विकासोन्नमुख मुलुक तर्फ डोर्याउनु हो ।

जाईकाले विद्यालय क्षेत्र विकास कार्यक्रमले हालै प्रकोप व्यवस्थापन र नियन्त्रण गर्ने व्यवस्था अभिवृद्धि कार्यक्रम पनि लागु गरेको छ ।  जाईका नेपाल यस अघि २०१४ मा संयुक्त कोष अन्तर्गतको कार्यत्रलममा पनि सहभागी भएको थियो । जाईकाको प्राथमिकतामा शिक्षा क्षेत्रको विकास पर्ने भएकाले यसमा संलग्नता र सहयोग निरन्तर रहने उसले जनाएको छ ।

तपाईको प्रतिक्रिया