मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौं – नेपाल औषधि व्यवसायी संघले तराईका बाढी पीडितलाई ३० लाख रुपैयाँको औषधि वितरण गरेको छ । संघको अञ्चल र जिल्ला शाखाबाट ३० लाख रुपैयाँ बराबरको औषधि वितरण गरेको संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठद्वारा आज जारी विज्ञप्तीमा प्रभावित क्षेत्रमा औषधिको कुनै पनि अभाव सिर्जना हुन नदिन नेपाल औषधि व्यवसायी संघ केन्द्रीय कार्यालयले केन्द्रीय अध्यक्षकै नेतृत्वमा निरन्तर अनुगमनको काम गरिरहेको उल्लेख छ । बाढी पहिरोबाट भएको क्षतिलगत्तै औषधि व्यवसायी संघले अञ्चल शाखा र जिल्ला शाखा परिचालन गरेर पीडितको स्वास्थ्य उपचारमा खटिएको जनाएको छ ।

मेची, कोसी, सगरमाथा, जनकपुर, नारायणीसहितका अञ्चल शाखाले बाढी पीडितका लागि औषधि र चिकित्सकसहितको टोली परिचालन गरिसकेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । केन्द्रीय कार्यालयले प्रभावित क्षेत्रमा आवश्यक वस्तु र सेवा परिचालन गर्न निर्देशन दिएको छ ।

साथै पीडितका लागि सरकारी संयन्त्रसँग सहकार्य गरेर राहतका कामलाई अगाडि बढाउन सबै शाखाहरुमा पत्राचार गरेको छ ।

तपाईको प्रतिक्रिया