बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – चीन सरकारले बाढी पहिरो प्रभावितका लागि १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ ।

काठमाडौंमा अाज सुरु भएको नेपाल-चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा चीनको राज्यपरिषदका उपप्रधानमन्त्री वाङ याङले बाढी पहिरोका कारण जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायता स्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गर्नुभएको हो । द्विपक्षीय वार्तामा नेपालको प्रतिनिधित्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले गर्नुभएको छ ।

वार्तामा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देव र सम्बन्धित मन्त्रालयका सचिव सहभागी हुनुहुन्छ । लगानी बोर्ड, राष्ट्रिय योजना आयोग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव पनि वार्तामा सहभागी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया