शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – नेपाल टेलिकमले आफ्नो सेवा विस्तार गर्न चालू आर्थिक वर्ष २०७४–७५ मा २२ अर्व रुपैयाँ पूँजीगत लगानी गर्ने घोषणा गरेको छ । आइतवार आयोजित पत्रकार सम्मेलनमा टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले उक्त घोषणा गर्नु भएको हो ।

चालू आवमा विभिन्न कार्यक्रममार्फत १७ प्रतिशत नयाँ ग्राहक विस्तार गर्ने टेलिकमको योजना रहेको राजभण्डारीले बताउनुभयो ।  हाल टेलिकमको ग्राहक संख्या २ करोडको हाराहारीमा छ । सेवा विस्तार तथा गुणस्तर सुदृढीकरण लगायतका माध्यमबाट आगामी दिनमा बजर विस्तारलाइै तिब्रता दिइने टेलिकमले जनाएको छ ।

टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारीले चालु आवभित्र एक करोड जीएसएम प्रोजेक्ट अन्तर्गतका कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो । ग्राहकहरुलाई रुची र आवश्यकता अनुसारका सेवाहरु छनोट गर्ने अवसर प्रदान गर्न फोरजी एलटीईको बोलपत्र आह्वान गर्ने कार्य अन्तिम चरणमा पुगेको टेलिकमले जनाएको छ ।

तपाईको प्रतिक्रिया