मन्त्रीपरिषद् बैठकः मृतकका परिवारलाई दुई लाख राहत, मन्त्रीको एक महिनाको तलब प्रधानमन्त्री कोषमा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनु भएको आकस्मिक मन्त्रीपरिषद्को बैठकले बाढीपहिरोमा परि निधन भएका व्यक्तिको परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
बैठकले प्रभावित क्षेत्रमा राहत तथा उद्धारलाई तीव्रता दिने निर्णय पनि गरेको बैठकपछि सन्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार पीडितको पुनस्थापनका लागि तत्काल काम सुरु गरिने र सोमबारदेखि प्रधानमन्त्री शेरबहादुर देउवा बाढी र डुबान प्रभावित क्षेत्र अवलोकन गर्न जानु हुनेछ ।
यसैबीच, मन्त्री मण्डलमा रहनु भएका सबै मन्त्रीहरुले एक महिना बराबरको तलब प्रधानमन्त्री राहत कोषमा उपलब्ध गराउने भएका छन् । बाढीपहिरोबाट बढीभन्दा बढी जनधनको क्षति भइकोे भन्दै यस्तो निर्णय गरिएको मन्त्री बस्नेतको भनाइ छ ।
आजकै मन्त्री परिषद् बैठकले लगातारको बाढीले जलमग्न भएको तराई मधेसका जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने बताइए पनि सो निर्णय भने हुन सकेन ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित