‘कांग्रेस सांसदले एक महिनाको तलब बाढीपीडितलाई दिने’

काठमाडौं – नेपाली कांग्रेसले बाढी पहिरो पीडितलाई राहतस्वरुप आफ्ना सांसदहरुको एक महिनाको तलव उपलब्ध गराउने भएको छ ।

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुको एक महिनाको तलव बाढीपीडित उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । का‌‌ग्रेसबाट २ सय ७ जना सा‌सद छन् ।

बैठकले पीडितको उद्धार तथा राहत कार्यलाई तिव्रता दिन पनि सरकारलाई आग्रह गरेको छ । घरवारविहीन भएकाहरुको उचित बसोबासको व्यबस्था गर्न र उनीहरुलाई तत्काल राहतको व्यबस्था गर्न समेत कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो ।

साथै पार्टीपंक्ति लगायत सबै पक्षलाई उद्धार तथा राहतमा जुट्न निर्देशन दिइएको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित