शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – नेपाल टेलिकमले देशभरका बाढी–पहिरोको उद्धारमा सूचना आदानप्रदानमा सहजता सिर्जना गर्न आजदेखि लागु हुने गरी एसएमएस सेवा निशुल्क गरेको छ । सञ्चार मन्त्री मोहनबहादुर बस्नेले मन्त्रालयले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सूचना आदान प्रदान गर्न सहज होस् भनेर यो निर्णय गरेको जानकारी दिनुभयो ।

टेलिकमले देशैभरका नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताका निम्ति एसएमएस सेवा निशुल्क गर्ने निर्णय आजै कार्यान्वयन हुने जनाएको छ । यो सुविधा नेपाल टेलिकमका सबै मोबाइल प्रयोगकर्ताले आजै साँझबाट प्रयोग गर्न पाउने छन् । यो सुविधा साउन ३१ गतेसम्म रहने टेलिकमले जनाएको छ ।

टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले अत्यावश्यक काम बाहेक अन्य प्रयोगकर्तालाई अनावश्यक रुपमा एसएमएस नगर्न आग्रह गर्नु भएको छ ।

 

तपाईको प्रतिक्रिया