शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – बाढी पीडितका लागि गैर आवासीय नेपाली संघले राहत कोष स्थापना गरेको छ । वर्षासँगै आएको बाढी पहिरोका धरै जनधनको क्षति भएको भन्दै संघले सहयोग स्वरुप राहत कोष स्थापना गरेको हो ।

बाढीको जोखिममा रहेका हजारौं परिवारलाई तत्कालै उद्दार र आपतकालिन राहतको आवश्यकता रहेको भन्दै गैरआवासीय नेपाली संघको आज बसेको बैठकले राहत कोष स्थापना गरेको हो ।  कोषमा अध्यक्ष शेष घले दम्पतीको एमआईटी फाउण्डेशनले १ करोड रुपैयाँ सहयोग दिने घोषणा गरेको छ । यस्तै बैठकमा संघका संरक्षक जीवा लामिछाने तथा उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्त, महासचिव बद्री केसी र सचिव अर्जुन श्रेष्ठले एक एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

संघका प्रवक्ता रन्जु थापाले ५० हजार रुपैयाँ र कोषाध्यक्ष हिक्मत थापाले ५१ हजार रुपैयाँ सहयोगको घोषणा गर्नुभएको छ । एक साताभित्र दुई करोड रुपैयाँ जम्मा गरी राहत वितरण थाल्ने संघको तयारी छ ।

तपाईको प्रतिक्रिया