‘गृहमन्त्री शर्माद्वारा बाँके-बर्दियाको बाढी प्रभावित क्षेत्रको अनुगमन’

काठमाडौं – गृहमन्त्री जनार्दन शर्माले बाँके र बर्दियाको बाढी प्रभावित क्षेत्रको अनुगमन गर्नुभएको छ । उहाँले बाढी पीडितलाई भेटेर तत्काल राहत तथा उद्धारका कार्यक्रम सञ्चालन गर्ने भन्दै संयम भएर बस्न अनुरोध गर्नुभएको छ ।

बाढी प्रभावित क्षेत्रको अनुगमन गर्न गृहमन्त्री शर्मा सहितको टोली आज विहान बाँके पुगेको हो । मन्त्री शर्माले लक्ष्मणपुर बाँधका कारण डुबानमा परेको राप्ती सोनारी गाउँपालिकाका बाढी पीडितहरुलाई भेट्नु भएको छ । उहाँले बाढी प्रभावित क्षेत्रका जनताका लागि दिर्घकालिन योजना बनाएर सुरक्षित स्थानमा ब्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता गर्नुभएको छ ।

गृहमन्त्री शर्माले जिल्लाका सम्पूर्ण सुरक्षा निकायका प्रमुखहरुलाई भेटेर राहत तथा उद्धार कार्यमा खटिन समेत निर्देशन दिएको गृहमन्त्रीका प्रमुख स्वकीय सचिव गोपाल शर्माले जानकारी दिनुभयाे ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित