प्रधानमन्त्री देउवाले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाउनु भएको छ । अविरल परेको बर्षाका कारण आएको बाढी र पहिरोबाट करीव ५० जनाको मृत्यु भइसकेपछि प्रधानमन्त्री देउवाले अपरान्ह ५ बजे बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाउनु भएको हो ।

बाढी र पहिरोबाट प्रभावित जनताको पक्षमा कुनै निर्णय लिनै पर्ने भएकोले आकस्मिक रुपमा मन्त्रिपरिषदको बैठक बोलाइएको प्रधानमन्त्री देउवाको नीजि सचिवालयले जनाएको छ । बैठकमा उद्दार तथा राहतबारे छलफल हुनुका साथै बाढी प्रभावित क्षेत्रमा संकटकाल घोषणा गर्नेबारे समेत छलफल हुने बुझिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा लिइने निर्णयका बारेमा गृहकार्य भइरहेको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित