महान्यायाधिवक्ता श्रेष्ठद्वारा पदबाट राजीनामा

काठमाडौं – महान्यायाधिवक्ता रमण कुमार श्रेष्ठले पदबाट राजीनामा दिनुभएको छ । श्रेष्ठले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउनु भएको हो ।

उहाँको राजीनामा स्वीकृत भइसकेको समेत बताइएको छ । पुष्पकमल दाहाल नेतृत्वको अघिल्लो सरकारले महान्यायाधिवक्तामा नियुक्त गरिएका श्रेष्ठले नयाँ सरकार बनेको करीब दुई महिनापछि मात्र राजीनामा दिनुभएको हो ।

सरकार परिवर्तनसंगै महान्यायाधिवक्ताले पनि राजीनामा बुझाउने प्रचलन रहँदै आएको छ। अब प्रधानमन्त्री देउवालाई नयाँ महान्यायाधिवक्ता नियुक्त गर्न बाटो खुलेको छ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित