तटबन्धले भारत सुरक्षित बनायो तर नेपाललाई बर्बाद: सधै डुबान

काठमाडौं – करिव १७ बर्षअघिसम्म बर्खालका बेला राप्ती नदी र डुडुवाखोला भरत तथा नेपालका लागि उत्तिकै दुश्मन ठानिन्थे । पानीको बहाव दक्षिणतिर बढ्ने हुनाले भारतीय भुमि अझ बढी प्रताडित थियो ।

सन् २००० मा भारतले सीमाक्षेत्रमा कलकलवा मार्जिनल तटबन्ध निर्माण गरेपछि अवस्था फेरियो । तटबन्धले भारतलाई सुरक्षित बनायो भने नेपाललाई बर्बाद ।

तटबन्ध बनेपछि नै हो सीमावर्ती क्षेत्र डुबान र बाढीको चपेटामा पर्न थालेको, होलियाका जगदिशबहादुर सिंह भन्छन्, भारतले अफ्नो हितका लागि सीमाक्षत्रेमा संरचना बनाउँदा त्यसको मार नेपाल र नेपालीमाथि परिरहेको छ ।

भारतले सन् १९८० मा लक्ष्मणपुर बाँध निर्माण सुरु गर्यो । त्यसको उेश्य थियो राप्तीको पानीबाट आफ्नो मुभि सिँचाई गर्ने ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित