जापानको तोचिगी प्रान्तमा खोलामा पौडी खेल्न गएका एक नेपाली वेपत्ता

टोकियो – तोचिगी केनको एक खोलामा पौडी खेल्न गएका एक २६ वर्षीय नेपाली हराईरहेको समाचार एनएचके अनलाईनले जनाएको छ ।  तोचिगी सिटीको एक खोलामा पौडी खेल्न गएका ५ जना मध्ये एक जना नेपाली हराएको जापानी प्रहरीलाई उद्घृत गर्दै एनएचकेले जनाएको छ ।

अन्य साथीहरू कहाँका हुन भन्ने भने उल्लेख गरिएको छैन । १२ तारिक साँढे ३ बजेतिर एक्कासी साथी हराएपछि अरू साथीहरूले प्रहरीमा खबर गरेका थिए । प्रहरीलाई खवर गर्नेहरूसँगको सोधपुछको आधारमा प्रहरीले खोजि गरिरहेको बताईएको छ । उक्त खोला तोचिगी प्रान्तको मध्यभागदेखि ५ किलोमिटर दक्षिणमा रहेको छ ।

उक्तदिन अन्य दिनभन्दा खोलामा पानीको वहाव वढी रहेको बताईएको छ । जापानमा गर्मीको सिजनमा खोलामा खेल्न जानेहरू उल्लेख्य मात्रामा रहन्छन् । हालैका दिनमा जापानवासी नेपालीहरूको पनि ग्रर्मीमा खोला तथा समुद्रमा खेल्न जाने संख्या बढदो छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित