नेपाली साझा समाज जापानले तिज विशेष सांस्कृतिक कार्यक्रम गर्ने

टोकियो – नेपाली साझा समाज जापानले यो वर्ष पनि तिज विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । यहि अगस्ट २० तारिख आईतबार गुन्मा केन, ओइजुमी माची स्थित कोउमिनखान हलमा कार्यक्रम हुने आयोजकले जनाएको छ ।

स्थानीय कलाकारहरुको समेत उपस्थिती रहने कार्यक्रममा दर खाने व्यवस्था पनि गरिएको छ । यसअघि पनि हरेक वर्ष साझा समाजले तिज विशेष कार्यक्रम गर्दै आएको छ । साथै, जापानवासी नेपालीहरुलाई कार्यक्रममा उपस्थित हुन समाजले आग्रह पनि गरेको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित