नेपाली मोटरसाइकल रेसर थापा आज चौथो चरणको रेसमा सहभागी हुदै

टोकियो – सुजुकी एसिया च्यालेन्ज मोटर साइकल रेस अन्तर्गत नेपाली मोटरसाइकल रेसर बिक्रम थापा आज चौथो चरणको रेसमा सहभागी हुदैछन् ।

इण्डोनेशियामा आज र भोली हुने यो वर्षको चौथौं चरणको रेसमा एसियाका २० राष्ट्बाट आएका अन्तराष्ट्यि रेसहरुसँग प्रतिष्पर्धा गर्नेछन् ।

यो रेसमा सफल भए पाँचौं चरणको रेसका लागि भारतको चेन्नेई जानुपर्नेछ ।

यसअघि यो रेस विभिन्न चरणमा गरेर मलेशिया, थाइल्याण र जापानमा भइसकेको छ ।

थापा चौथो चरणको रेसमा सहभागी हुन हिजो मात्र जापानबाट इण्डोनेशिया गएका हुन् ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित