‘उत्तर कोरियाले अमेरिकामाथि आक्रमण गरे ठूलो मुल्य चुकाउनुपर्छ’

काठमाडौं – काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले आफूमाथि आक्रमण गरे ठुलो मुल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् अमेरिकामाथि आक्रमणको धम्कि दिईरहेको उत्तरले त्यसो गरे पछि पछुताउनु पर्ने ट्रम्पको भनाई छ ।

प्योङ्गयाङ्गले गुआम टापुमा आक्रमणको योजना सार्वजनिक गरेपछि ट्रम्पको प्रतिक्रिया आएको हो । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले भने कुटनीतिक रुपमा समस्याको समाधान चाहिरहेको बताएका छन् । उनले यदि यहि अबस्थामा उत्तर कोरियाले आक्रमण गरे उसले ठुलो हानी ब्यहोर्नुे पर्ने बताए ।

उत्तर कोरियाले गत महिना दुई अन्तरमहादेशिय ब्यालेष्टिक मिशाईल परीक्षण गरेदेखि कोरियाली प्रायद्धिपमा तनाव बढ्दै गाएको हो । -एजेन्सी

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित