पहिरोमा परी बेलायती पर्यटकको मृत्यु

काठमाडौं – हिमालपारीको जिल्ला मुस्ताङबाट म्याग्दीको तातोपानीतर्फ ओर्लने क्रममा माथिबाट झरेको ढुङ्गाले लागी एक बेलायती पर्यटकको मृत्यु भएको छ ।

बिहीबार साँझ लेतेबाट तातोपानीतर्फ गइरहेको अवस्थामा मुस्ताङको थासाङ गाउँपालिका ४ घोप्टेभीरमा माथिबाट झरेको ढुङ्गाले टाउकोमा लाग्दा २१ वर्षीया बेलायती पर्यटक चारलोट्टे इम्काथिरिन् फुलरटोनको मृत्यु भएको घाँसा प्रहरी चौकीका सई गोपालबहादुर खत्रीले जानकारी दिनुभयो । सामान्य घाइते भएका मृतकका दाइ र नेपाली गाईडलाई लेतेस्थित स्वास्थ्य केन्द्रमा राखिएको छ ।

पहिरोमा परेका नेपाली पदयात्री मालिका ५ का दलबहादुर फगामी घाइते भएका छन् । ढाड र खुट्टामा गम्भीर चोट लागेका फगामीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित