शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – गायक तथा संगीतकार सुगम पोखरेलले आफ्नो सातौं गीती संग्रहमा समावेश हुने नयाँ गीत ‘दर्शन’ को म्युजिक भिडियो सार्वजनिक गर्नु भएको छ । गीतले ईश्वरलाई भौतीक संरचनामा खोज्दै हिँडेपनि यर्थाथमा ईश्वर हरेक मानिसमा जीवित हुने सन्देश दिन खोजेको छ ।

सुगम पोखरेलको यो गीत ‘दर्शन’ लाई मनिष बशिष्ठले लेख्नु भएको हो भने संगीत सुगम आफैंले भर्नु भएको छ । संगीत संयोजन शैलेन्द्र प्रधानको छ । उत्सव दाहालले खिचेको र विकाश धमलाले सम्पादन गरेको म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गर्नु भएको छ ।

म्युजिक भिडियोमा रङ्गमञ्चका कलाकार सफर पोखरेल र निर्मल दाहालले अभिनय गर्नु भएको छ ।

 

तपाईको प्रतिक्रिया