शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – अपराध नियन्त्रण तथा अनुसन्धानका लागि काठमाडौं उपत्यकामा अत्याधुनिक सीसीटीभी प्रविधि लागु गरिने भएको छ ।

भिडियो म्यानेजम्यान्ट सफ्टवेयर (भीएमएस) जडित सीसीटीभीले फरार अभियुक्त तथा अपराधी नियन्त्रणमा सहयोग पुग्ने महानगरीय प्रहरी प्रमुख एआईजी बमबहादुर भण्डारीले बताउनुभएको छ ।

‘यस्तो सफ्टवेयरमा अभियुक्तको फोटो राखिन्छ ।

यो सफ्टवेयरसँग जोडिएका सीसीटीभीमा ती अभियुक्त देखिए सीसीटीभीले डिटेक्ट गरेर सूचना दिनेछ,’ एआईजी भण्डारीले भन्नुभयो, ‘त्यसपछि अभियुक्त तथा अपराधी पक्राउ गर्न सहयोग हुनेछ ।’

उक्त सफ्टवेयर रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयको कमान्ड सेन्टरमा राखिनेछ ।

तपाईको प्रतिक्रिया