शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – चलचित्र म यस्तो गित गाउछु बाट नेपाली चलचित्रमा थप उचाइ बनाएका नायक पल शाह अभिनित नयाँ म्युजिक भिडियो सार्बजनिक भएको छ ।

चलचित्रको पर्दामा नायिका पुजा शर्मा सग अंगालोमा बेरिएका पलले म्युजिक भिडियोमा मोडल जुना सुन्दस रोमान्स गर्नुभएको छ ।
म्युजिक भिडियो बाट नै चलचित्र यात्रा तय गर्नुभएका पलले ९ महिना पछि नयाँ म्युजिक भिडियोबाट फर्किनुभएको हो ।

यस अघि बिकास सुबेदीको निर्देशनमा मुस्ताङमा छायांकन भएको देउराली भन्ज्याङ २ मा लबर ब्वाईका रुपमा पर्दामा आउनुभएका पल यो पटक किरण भुजेलको बरिलैमा डान्सिङ मुडमा देखिनुभएको छ ।

निर्देशक बिकाश सुबेदीले बरिलै पल शाहको पुर्णरुपमा डान्स समाबेश भएको यो नै पहिलो भिडियो भएको र आफु सन्तुष्ट भएको बताउनुभयो । डि. पी खनालको शब्द शंकर थापा स्माइलको संगित रहेको गीतलाई उदय राज पौडेलले संगित संयोजन गर्नुभएको छ ।

https://www.youtube.com/watch?v=xw3VWAHHosg

तपाईको प्रतिक्रिया