शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – अन्ततः गुगलले आफ्नो नयाँ एन्ड्रोइड भर्सन एन्ड्रोइज अक्टोपस ८ को काम पूरा गरेको छ । हालै यो एन्ड्रोइड भर्सनको चौथो तथा अन्तिम प्रारुप लञ्च गरिएको छ । यद्यपि, यो भर्सनका महत्त्वपूर्ण फिचरहरु लिक भइसकेका छन् ।

एन्ड्रोइड ओ लाई एन्ड्रोइड अक्टोपस भनिनेछ । यहीँ अगष्ट महिनामा एन्ड्रोइड अक्टोपस आधिकारिक रुपमा रिलिज गरिनेछ । पहिलो डेभलपर प्रिभ्यूमा जुन जुन फिचर्स देखाइएको थियो ती चौथो तथा अन्तिम प्रारुपसम्म आइपुग्दा केही ठूलो सानो परिवर्तन गरिएको छ ।

एन्ड्रोइड ८ अक्टोपसको अन्तिम प्रारुपमा रहेका केही महत्त्वपूर्ण फिचर्स यी हुन्ः-

अक्टोपस इस्टर एगः

-गुगलले जब नेक्स्ट जेनेरेसन भर्सनका लागि नयाँ अक्टोपस लोगो पेश गरेको थियो तब सबै अचम्मित भए । एन्ड्रोइडले यसअघि आफ्ना सम्पूर्ण भर्सनको नाम मिठाइएको नामबाट राखेको थियो । तर पछिल्लो भर्सनको नाम चाहिँ अक्टोपस नामक जीवबाट राख्यो । धेरैले हेक्का राखेनन् कि अक्टोपसको टाउको तथा उसको रंग ओरियोसँग मिल्दोजुल्दो हुन्छ । त्यसैले नयाँ संस्करणको नाम एन्ड्रोइड अक्टोपस राखियो ।

जी लोगो

-पिक्सेल फोनका लागि एन्ड्रोइडको बूट स्क्रिनको लोगो पावर्ड बाइ एन्ड्रोइड नभएर बहुरंगी जी अक्षर हुनेछ ।

इन्टरफेसमा बदलाव

-गुगलले फन्ट, लक स्क्रिन तथा नोटिफिकेसनमा केही परिवर्तन गरेको छ । लक स्क्रिनमा घडीको साइज घटाइदिएको छ र अब मिति चाहिँ क्यापिटल लेटर्समा देखिने छैन । स्टाटस बारमा ब्याट्रीलाई चाहिँ केही ठूलो पारेको छ । जबकि करिअर इन्फो र टाइम बीचको स्पेस केही बढाएको छ ।

आइकन सेप अप्सन

-एपको आइकनको आकार बदल्नेवाला अप्सन अन्तिम प्रारुपमा देखिएको छैन । यसअघिका प्रारुपमा चाहिँ प्रयोगकर्ताले एपको आइकनलाई ५ अलग अलग आकारमा ढाल्न सक्ने अप्सन थियो । साथै आइकन भेजिंगलाई होमस्क्रिन सेटिंग्सबाट हटाइएको छ । यो अब नोटिफिकेसन मेन्यूमा भेटिनेछ । एजेन्सी

तपाईको प्रतिक्रिया