बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – समाजिक सञ्जाल कम्पनी फेसबुकको दोश्रो त्रैमासिक नाफा ७१ प्रतिशतले बढेको छ । फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरवर्गले यो बर्षको पहिलो तथा दोश्रो त्रैमासिकमा कम्पनी ठूलो नाफामा गएको जनाएका हुन् ।

अप्रिलदेखि जुनसम्मको समयावधीमा कम्पनीको नाफा बढेर ३९ करोड डलर पुगेको छ । यस्तै कम्पनीको राजश्व समेत ९३ करोड डलर पुगेको छ । विभिन्न कम्पनीहरुले फेसबुकमार्फत विज्ञापनका लागि ठूलो रकम खर्चने गरेकाले नाफा बढेको बताइएको छ ।

फेसबुकले धेरैभन्दा धेरै विज्ञापनदाता तथा उपभोक्तालाई आवद्ध गराएर आम्दानी गरिरहेको बीबीसीले उल्लेख गरेको छ । विश्वभर प्रत्येक महिना २० करोड भन्दा बढीले लगअन गर्ने गरेका छन् । सो कम्पनीअन्तर्गत हाल २० हजार ६ सय जना कार्यरत छन् ।

 

तपाईको प्रतिक्रिया