बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

दमासकस – इस्लामिक स्टेट्स (आइएस)को नियन्त्रणमा रहेको उत्तरी र पश्चिमी सिरियामा भएका हवाई कारबाहीमा कम्तीमा ४३ सर्वसधारणको मृत्यु भएको मानवअधिकारवादी समूहले जानकारी दिएको छ ।
सिरियाको पूर्वी प्रान्त ‘देइर अल जोउर’मा भएको हवाई कारबाहीमा कम्तीमा १४ सर्वसाधारणको मृत्यु भएको ‘सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’ले जानकारी दिएको छ । यस अक्रमणमा १८ वर्ष मुनिका पाँच बालबालिकाको मृत्यु हुनुको साथै अन्य चार महिलाको समेत मृत्यु भएको सो अधिकारवादी संस्थाले जानकारी दिएको छ ।
त्यसैगरी, उत्तरी सहर राक्कामा बुधबार (हिजो) नै भएको अर्को हवाई आक्रमणमा कम्तीमा २९ व्यक्तिको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया