शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं — गृहमन्त्री जनार्दन शर्माले बैदेशिक रोजगारीमा ठगिएका र दुख पाएकाहरुका लागि प्रहरीको स्पेशल फोर्स गठन हुने बताउनुभएको छ ।

उहाँले विहीवार संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा बोल्दै मन्त्री शर्माले ठगिएका हजारौं उजुरी प्रहरीकहाँ आउने भएकोले अब प्रहरीको स्पेशल फोर्सनै गठन गर्ने बताउनुभयो ।

‘बैदेशिक रोजगारीमा ठगिएका र दुःख पाएकाहरुलाई सघाउन प्रहरीको छुट्टै फोर्स गठन हुने छ,’ उहाँले भन्नुभयो, ‘नेपाली कामदार धेरै भएका ठाउँमा यहाँबाट प्रहरी पठाएरै काम गर्ने बारेपनि सोँचेका छौं ।’

बैदेशिक रोजगारीमा देखिएका विकृतिहरुलाई रोक्नका लागि अध्यागमन विभागलाई थप स्तरोन्नती गर्ने समेत बताउनुभयो ।

तपाईको प्रतिक्रिया