शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठक सोमबार नसकिएका कारण मन्त्रिपरिषद विस्तार गर्न नसकेको भन्दै आज (मंगलबार) गर्ने जनाउनुभएको छ ।

प्रधानमन्त्री देउवाले सोमबार दाहाललाई फोन गरी मंगलबार (आज) मन्त्रिपरिषद विस्तार गर्ने जनाउनुभएको हो । आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलमा देउवाले सोमबार मन्त्रिपरिषद विस्तार गर्ने वचन दिनुभएको थियो ।

मन्त्रिपरिषद विस्तारमा धेरै ढिलाई भएको भन्दै दाहालले प्रधानमन्त्रीको आलोचना गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया