मंगलबार, चैत्र ०६, २०८०
Tuesday, March 19, 2024

काठमाडौं – सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि मन्त्रिपरिषद् विस्तार हुने बताउनु भएको छ । आज पार्टी मुख्यालय पेरिसडाँडामा सचिवालय बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भोलि मन्त्रिपरिषद् बिस्तार हुने बताउनु भएको हो ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटबारे जानकारी दिनहुदै दाहालले भन्नुभयो, ‘मैले अब त अति भयो भनेँ, प्रधानमन्त्रीले भोलि विस्तार गर्ने भन्नुभएको छ।’ गत असार ४ गते नै मन्त्रिपरिषद् विस्तार गर्ने योजना भए पनि कांग्रेसभित्रै छलफल नभएको भनेर प्रधानमन्त्री देउवा पछि हटेको दाहालले बताउनुभयो ।

आफ्नो पार्टीका तर्फबाट मन्त्री हुनेहरूको नाम तय भैसकेको भन्दै उहाँले प्रधानमन्त्रीको आग्रहका कारण मन्त्रिपरिषद् विस्तार रोकिएको बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया