मंगलबार, चैत्र ०६, २०८०
Tuesday, March 19, 2024

काठमाडौं – कैलालीमा बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । धनगढीबाट फूलवारी तर्फ जाँदै गरेको तीन जना सवार से १ प ७८६० नम्बरको मोटरसाइकल र फूलबारीबाट धनगढी आउँदै गरेको से १ ख ५२८ नम्बरको बस धनगढी उपमहानगरपालिका १५ कनरीमा एकआपसमा ठोक्किदा थिए ।

दुर्घटनामा गौरिगंगा नगरपालिका ११ का ३० वर्षीय दिपेन्द्र चौधरी र कैलारी गाउँपालिका ८ का २७ वर्षीय वीरबहादुर चौधरीको सेती अञ्चल अस्पतालमा पुर्‍याइए लगतै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । गम्भीर घाइते थापापुर बस्ने आशिष चौधरीलाई थप उपचारका लागि भारतको लखउन रिफर गरिएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बसका चालक कैलारी गाउँपालिका ५ का ५० वर्षीय मंगलप्रसाद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया