शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

अफगानिस्तान – अफगानिस्तानमा तालिबान बिद्रोहीले अपहरण गरेका कम्तिमा सातजनाको हत्या गरेका छन् । तालिबान बिद्रोहीले कान्दाहार प्रान्तको गाउँबाट यो हप्ताको सुरुमा ६० भन्दा बढी गाउँलेलाई अपहरण गरेका थिए ।

त्यसमध्ये कम्तिमा सातजनालाई अफगान बिद्रोहीले हत्या गरेको अफगान प्रहरीका उच्च अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । अपरहणमा परेका मध्ये ३० जना भने मुक्त भएका छन् । तर अझै ३० जनाको अवस्था अज्ञात रहेको छ ।

अफगानिस्तामा भइरहेको आन्तरिक द्वन्द्वका कारण यो वर्षको ६ महिनामा १६ सय भन्दा बढीको ज्यान गइरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

तालिबान बिद्रोहीले कान्दाहार उरुज्गान राजमार्गमा सेना विरुद्ध सुरु गरेको एकीकृत अभियानको क्रममा गाउँलेको अपहरण गरेका हुन् । तालिबान बिद्रोहीले सरकारी पक्षलाई सहयोग गरेको आरोप लगाउँदै गाउँलेको अपहरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया