मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

टोकियो – नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा बजारमा धेरै तीजका गीतहरु आएका छन्।

यसैबिच  जापान मै रहेर लोकसंगित क्षेत्रलाई माया गर्ने कलाकार द्धय यदुराम सापकोटा र सुर्य खड्काले यो बर्षको तीजमा नचाउने खालको गीत लिएर आउनुभएको छ ।

४ जना कलाकार सुर्य खड्का, यदुराम सापकोटा, सन्ध्या बुढा, सीता श्रेष्ठको स्वरमा सजिएको गीतमा शब्द यदुराम सापकोटाले लेख्नुभएको छ, भने लय सुर्य खड्काले बनाउनुभएको छ ।

त्यस्तै गीतमा अभिनय जापान मै रहेकी सुजता ज्ञवालीले गर्नुभएको छ । गीत सबै जापान मै तयार भएर बजारमा आईसकेको छ । सापकोटा जनसम्पर्क समिती जापान कान्तो क्षेत्रका सभापति समेत हुनुहुन्छ।

तपाईको प्रतिक्रिया