मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौं – ३० वर्ष पार गरेपछि धेरैजसो मानिसलाई आवश्यक पोषक तत्वहरु जस्तै आइरन, क्याल्सियमको कमी हुँदै जान्छ । चिकित्सकहरुका अनुसार ३० वर्ष पार गरेपछि मेटाबोलिक रेटमा कमी हुने र शरिरमा रोग प्रतिरोधी क्षमतामा पनि ह्रास आउने गर्दछ ।

यसले थुप्रै रोगको सम्भावना बढ्ने गर्दछ । त्यसैले तीस वर्ष पार गरेपछि व्यायामका साथै स्वस्थ खानपिनमा शरिरको लागि आवश्यक हुन्छ ।

३० वर्ष पार गरेपछि धेरैलाई यस्ता ५ स्वास्थ समस्याहरुले सताउने गर्छन्ः

-मधुमेह
-हड्डी कमजोर
-तौल बढ्ने
-मांसपेशी कमजोर हुने
-मुटुमा समस्या

यी समस्याबाट छुटकारा पाउन खानुहोस यस्ता खानेकुरा

१. दूध
यसमा एन्टीअक्सिडेन्टस्, प्रोटिन हुन्छ । यसको नियमित सेवनले मांसपेशी बलियो हुन्छ, छालाको लागि फाइदाजनक छ ।

२. दही
यसमा क्याल्सियम प्रोबायोटिक ब्याक्टेरिया हुन्छ । यसको नियमित सेवनले तौल नियन्त्रणमा हुन्छ, हड्डी बलियो हुन्छ ।

३. गोलभेडा
यसमा फाइबर र फ्लेवोनाइड्स हुन्छन् । यसले तौल कम गर्न मद्दत गर्दछ र सुन्दरतामा निखार ल्याउँछ ।

४. ओट्स
यसमा फाइबर, कार्बोहाइड्रेट हुन्छ । यसले पाचन क्रियालाई बलियो बनाउँछ र तौल नियन्त्रणमा राख्छ ।

५. पालुङ्गो
यसमा आइरन, भिटामिन डी हुन्छ । यसले रक्तअल्पत्ताबाट बचाउँछ, हड्डीका लागि यो फाइदाजनक छ ।

६. चकलेट
डार्क चकलेटमा फ्लेवोनाइड्स, एन्टीअक्सिडेन्ट हुन्छ । यसको सेवनले अनुहारमा चाउरी पर्दैन, मुड राम्रो हुन्छ ।

७. माछा
यसमा ओमेगा थ्री फ्याटी एसिड हुन्छ । यसले मुटुको समस्या र डिप्रेशनबाट बचाउँछ ।

८. अण्डा
यसमा भिटामिन ‘ए’ र फस्फरोस हुन्छ । यसले आँखालाई स्वस्थ राख्नुका साथै दाँत बलियो बनाउँछ ।

९. राजमा
राजमामा एन्टिअक्सिडेन्ट हुने भएकाले यसले छालाको चाउरीपनालाई कम गराउनुका साथै घामको किरणले छालालाई पुर्याउने क्षती पनि कम गर्छ ।

१०. बदाम
यसमा भिटामिन बी सिक्स र फोलिक एसिड हुन्छ । यसले मेमोरी तेज हुन्छ र बाँझोपनबाट पनि मुक्त गराउँछ । -एजेन्सी 

 

तपाईको प्रतिक्रिया