शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ  – भारत र चीनबीच तनाव उत्पन्न भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गर्न हुने या नहुने बहस कूटनीतिक संयन्त्रमा सुरु भएको छ ।

India_China

परराष्ट्र मन्त्रालयका केही अधिकारीले वर्तमान समयमा दुवै छिमेकमा भ्रमण गर्ने विषयमा गम्भीर विचारविमर्श गर्नुपर्ने औंल्याएका छन् ।

प्रधानमन्त्री देउवा भारत भ्रमणको गृहकार्यसँगै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणको तयारी पनि छ । भारत र चीन आमने सामने भएको यो समयमा दुवै मुलुकको भ्रमण त्यो तहबाट गर्न हुन्छ या हुँदैन भन्ने विषयमा कूटनीतिक निष्कर्ष आउन सकेको छैन ।

भारत र चीन सीमा विवादलाई लिएर ‘वाकयुद्ध’ गरिरहेको अवस्थामा भ्रमण गर्न उचित हुन्छ या हुदैन भन्ने विषय बहसमा आएको हो । भुटानसँगको चीनको सीमाको विषयमा सुरु भएको विवादमा भारत समेत मिसिएपछि अहिले भारत–चीन सम्बन्धमा तनाव उत्पन्न भएको छ ।

कान्तिपुर लेख्छ – भुटान र चीनको दुईपक्षीय मामिलामा भारत प्रवेश गरेपछि यो अवस्था आएको बताइएको छ । दोक्लम क्षेत्रमा सडक निर्माणको विषयमा भुटान चीनबीच विवाद भएको र भारतीय सेना त्यो क्षेत्रमा पुगेपछि सेना नहटेसम्म चीनले बार्ता नै नगर्ने बताएपछि समस्या बढो छ । दुवै तर्फका सेनाहरु सीमामा तैनाथ छन ।

यस्तो अवस्थामा प्रधानमन्त्री र उपप्रधानमन्त्री स्तरबाट छिमेकमा भ्रमण गर्न हुने या नहुने भन्ने प्रश्न चिन्ह खडा भएको छ । भारत र चीनबीचको सम्वन्धमा नेपाल पर्न नहुने भएकाले अहिले त्यो भ्रमण गर्नु राम्रो हुदैन भन्ने सुझाव यस क्षेत्रका विज्ञहरुको छ । भ्रमण नै गर्नु पर्ने भए विशेष दूत पठाएर बुझ्न राम्रो हुने उनीहरुको सुझाव छ ।

तपाईको प्रतिक्रिया