शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौँ – राप्रपाले ‘नेपाल धर्म तथा सांस्कृतिक परिषद्’ नामक धार्मिक दस्ता बनाउने निर्णय गरेको छ ।

अध्यक्ष थापाले हिन्दू, बौद्ध र किरातहरूको सनातन धर्म संरचनाको सांस्कृतिक परिषद् बनाउनुपरेको बताउनुभयो । बैठकले हिन्दू राष्ट्र स्थापनाको मागलाई अघि बढाउने निर्णय पनि गरेको ।

राप्रपाले नेपाली नोटमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको फोटो राख्न पनि माग गरेको छ । साथै, ६० वर्ष उमेर नाघेका नागरिकलाई वृद्धभत्ता वितरणको माग पनि राप्रपाको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको शीघ्र स्वास्थ्यलाभको कामनासमेत राप्रपाले गरेको छ ।

तपाईको प्रतिक्रिया