बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – सबै नागरिकको एकीकृत विवरण र पहिचानका लागि प्रस्तावित राष्ट्रिय परिचयपत्रको नमुनामा सरकारले आफ्नो देशको नामसमेत गलत उल्लेख गरेको पाइएको छ ।

परिचयपत्रको नमुनामा नेपालको नाम उल्लेख नभएको र आमाको पहिचान उल्लेख नगरिएकोमा आपत्ति जनाउँदै एमाले सांसदहरुको टोलीले शुक्रबार गृहमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराएका हुन् ।

शान्ता मानवी, पेम्वा लामा, सुशीला नेपालसहितका सांसदले बुझाएको ध्यानाकर्षण पत्रमा राष्ट्रिय परिचयपत्रमा नेपाली भाषामा नेपालको नाम उल्लेख गर्न माग गरिएको छ ।

गृह मन्त्रालयले तयार गरेको राष्ट्रिय परिचयपत्रको नमुनाको सबैभन्दा माथि ‘फेडरल रिपब्लिक अफ नेपाल, नेशनल आइडेन्टी कार्ड’ लेखिएको छ । संविधान अनुसार देशको राजनीतिक प्रणाली संघीय लोकतान्त्रिक गणतन्त्र हो । संविधानसभाले जारी गरेको ‘नेपालको संविधान’ मा कतैपनि नेपाल राष्ट्रलाई अन्य कुनै विशेषण दिइएको छैन ।

संविधानको भाग १, धारा ३ मा राष्ट्र र धारा ४ मा नेपाल राज्यको परिभाषा उल्लेख छ । ‘नेशनल आइडन्टी कार्ड’लाई अब्लिक गरी ‘राष्ट्रिय परिचपत्र’ उल्लेख गरिएको नमुनामा कतैपनि नेपालको नाम नेपाली भाषामा उल्लेख छैन ।

तपाईको प्रतिक्रिया