बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

अमेरिका – अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउँदै आफ्ना नागरिकको त्यहाँको भ्रमण रोक्ने तयारी गरेको हो ।

विदेश मन्त्रालयले यही हप्ताभित्र भ्रमण प्रतिबन्ध सम्बन्धी औपचारिक सूचना निकाल्ने तयारी गरेको र त्यो सूचना प्रकाशित भएको ३० दिनपछि कार्यान्वयनमा आउने छ । गएको महिना उत्तर कोरियाको जेलबाट रिहा भएका अमेरिकी विद्यार्थी ओटो वामबियरको ज्यान गएपछि अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउने तयारी थालेको हो ।

प्रतिबन्ध लागुभएपछि कुनै पनि अमेरिकी नागरिकले विशेष स्वीकृति बिना उत्तर कोरियाको भ्रमण गर्न पाउने छैनन् । उत्तर कोरियाको परमाणु कार्यक्रमका कारण अमेरिकासँगको उसको सम्बन्ध तनावमा छ । पछिल्लो समय विद्यार्थी वामबियरको निधन भएपछि अमेरिका उत्तर कोरियामाथि थप कडा रुपमा प्रस्तुत हुँदै आएको छ ।

 

तपाईको प्रतिक्रिया