मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

काठमाडौं – अमेरिकी शोधकर्ताका अनुसार एचआइभीबाट लड्नका लागि बनाइने सूइमा गाइले निकै सहयोगी भूमिका खेल्ने अनुमान गरिएको छ । प्रतिरक्षाको रुपमा यी जनावर लगातार यस्ता विशेष एन्टीबडिजको उत्पादन गर्दछ जसमार्फत् एचआइभीलाई निको पार्न सकिन्छ ।

कप्लेक्स र ब्याक्टेरियायुक्त पाचन तन्त्रका कारण गाइमा प्रतिरक्षाको क्षमता धेरै विकसित हुने गर्दछ । अमेरिकाको नेशनल इन्स्टिचयुट अफ हेल्थले यो नयाँ जानकारीलाई उत्कृष्ट बताएको छ ।

एचआइभी एक घातक प्रतिद्वन्द्वी हो र यसले यति चाँडो आफ्नो स्थिती परिवर्तन गर्छ कि भाइरसका बिरामीको प्रतिरक्षा प्रणालीमा हमला गर्ने बाटो पाउँछ । एचआइभीले आफ्नो उपस्थितीमा परिवर्तन गरिरहन्छ ।

एक सूई बिरामीको रोग प्रतिरोधी प्रणालीलाई विकसित गर्नसक्छ र मानिसलाई संक्रमणको पहिलो स्टेजबाट बचाउन सक्छ ।

गाईको योगदानः

इन्टरनेशनल एड्स भ्याक्सिन इनिशिएटिभ र द स्क्रिप्स रिसर्च इन्स्टिच्यूटले गाईको प्रतिरक्षा क्षमताको विषयमा अनुसन्धान सुरु गरिसकेका छ । एक अनुसन्धानकर्ता डेविन सोकले बीबीसी न्यूजलाई बताए, ‘यसको परिणामले हामीलाई अचम्मित तुल्याएको छ ।’

आवश्यक एन्डीबडीज गाईको प्रतिरक्षा तन्त्रमा थुप्रै हप्तामा बन्ने गर्दछ ।

डाक्टर सोकले भने, ‘यो निकै उन्मुक्त गरिदिने मौका थियो । मानिसमा यस्ता एन्टीबडिज विकसित हुनुमा करिब तीनदेखि पाँच वर्ष लाग्ने गर्दछ ।’ उनले भने, ‘यो निकै महत्वपूर्ण छ किनभने योभन्दा पहिले यो यति सजिलो लागिरहेको थिएन । कसलाई थाहा थियो र एचआइभीको उपचारमा गाईको योगदान हुनेछ ।’

चुनौतीः

‘नेचर’ नामको जर्नलमा प्रकाशित नतिजामा दिइएको जानकारी अनुसार गाईको एन्टिबडिजबाट एचआईभीको असरलाई ४२ दिनमा २० प्रतिशतसम्म नष्ट गन सकिन्छ । प्रयोगशाला परिक्षणमा पत्ता लाग्यो कि ३ सय ८१ दिनमा यो एन्टिबडिज ९६ प्रतिशतसम्म एचआईभीलाई बेअसर गर्न सक्छ ।

अर्का शोधकर्ता डाक्टर डेनिस बर्टनले यो अध्ययनबाट मिलेका जानकारीलाई उत्कृष्ट भएको बताए । उनले भने, ‘मानिसको तुलनामा जनावरको एन्टिबडिज अचम्मका हुन्छन् र एचआइभीलाई नष्ट गर्ने क्षमता राख्छन् ।’ -बीबीसीबाट

तपाईको प्रतिक्रिया