शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ तोलामा ३ सय तथा चाँदीको भाउ ५ रुपैयाँ बढेको हो । सुनको भाउ शुक्रबार तोलाको ५४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन बिहीबार तोलाको ५३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

हप्ताको सुरुदेखि नै उकालो लागेको सुनको भाउ समग्रमा यो हप्ता तोलामा ५ सय रुपैयाँ बढेको छ । पहिलो दिन आइतबार तोलाको ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार स्थिर रह्यो । मंगलबार तोलामा २ सय रुपैयाँ बढेर ५३ हजार ७ सय रुपैयाँ पुगेको भाउ बुधबार एक सय रुपैयाँ बढेर ५३ हजार ८ सयमा कारोबार भयो । बिहीबार एक सय रुपैयाँ घटेर ५३ हजार ७ सयमा कारोबार भएको सुनको भाउ अाज तोलामा ३ सय रुपैयाँ बढेको हो ।

आइतबार तोलाको ७ सय १५ रुपैयाँमा किनबेच भएको चाँदीको भाउ यो हप्ता समग्रमा तोलामा १५ रुपैयाँ बढेर ७ सय ३० रुपैयाँ पुगेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपालमा पनि महंगो भएको हो ।

तपाईको प्रतिक्रिया