शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

लस एन्जलस – अमेरिकाका प्रख्यात पप गायक चेस्टर बेनिङ्गटनले आत्महत्या गरेका छन् ।

लस एन्जलसस्थित आफ्नो घरमा चेस्टरले आत्महत्या गरेको प्रहरीको भनाइ छ ।

घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो ।

४१ वर्षीय चेस्टर विश्व प्रख्यात सांगीतिक समूह लिंकन पार्कका प्रमुख गायक थिए ।

उक्त ब्याण्ड आफ्नो पछिल्लो एल्बम ‘वान मोर लाइट’ को प्रचारात्मक कार्यक्रम लिएर विभिन्न मुलुकको भ्रमणमा रहेकै समयमा चेस्टरले आत्महत्या गरेका हुन् ।

अमेरिकी संचारमाध्यमका अनुसार घरमा कोही नभएको समयमा चेस्टरले आत्महत्या गरेका हुन् ।

परिवारका सदस्यहरु बाहिर रहेको मौका छोपेर उनले आत्महत्या गरेको बताइएको छ ।

उनी यसअघि लागू औषध र मदिरा सेवनका अम्मली थिए । उनले आत्महत्या गर्नुको कारण खुल्न नसकेको प्रहरी अधिकारीहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया