मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

शनिबार हुने अन्त्येष्टि समारोहमा उपस्थित हुन अपील

टोकियो – गुल्मेली समाज जापानले समाजका संरक्षक एवं वरिष्ठ सल्लाहकार भीमलाल खरेलको असामयिक निधनप्रति गहिरो दुख ब्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जली ब्यक्त गरेको छ ।

गुल्मेली समाज जापानको तर्फबाट कार्यबाहक अध्यक्ष ध्रुब बस्नेत र सचिव सुमन अर्यालद्वारा एक शोक बक्तब्य जारी गरी स्वर्गिय खरेलप्रति श्रद्धाञ्जली ब्यक्त गरिएको हो ।

शोक वक्तब्यमार्फत  समाजका अति आदरणीय शीर्षस्थ ब्यक्तित्वको असामयिक निधन हुन गएकोले समाजले शोक प्रस्ताव पारित गर्नुका साथै शोकाकुल परिवारजन, बन्धुबान्धव र सबै इस्टमीत्रहरुमा धैर्यधारण गर्न सक्ने शक्ति मिलोस भन्ने कामना गरेको छ ।

एक कुशल अभिभावकको अप्रत्याशित अवसानबाट समाजलाई अपुरणीय क्षती भएको भन्दै समाजले एक आस्थाको धरोहर गुमाएको वक्तब्यमा उल्लेख छ ।

गुल्मेली समाजको बिहीबार आकस्मिक बैठक बसी शोक प्रस्ताव पारित गर्नुका साथै हरेक वर्ष गर्दै आएको तीज कार्यक्रम यस वर्ष नगर्ने निर्णय गरिएको पनि वक्तब्यमा जनाईएको छ ।

यसैगरी शनिबार बिहान हुन गईरहेको श्रद्धाञ्जली सभा तथा अन्त्येष्टि समारोहमा उपस्थित भईदिन समस्त जापानबासी गुल्मेलीहरु लगायत अन्य नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा बक्तब्य मार्फत अपील गरिएको छ । ***

अन्त्येष्टि हुने स्थानको जानकारी
MACHIYA SAIZYO
Aragawa Ku, Machiya 1-23-4 Tokyo
Tel :03-3892-0311
Date : 22 July 2017 Saturday
Time : 9:00 AM

यो पनि पढ्नुहोस्
 सारा नेपालीका अभिभावक  भीम खरेल रहनुभएन 

तपाईको प्रतिक्रिया