शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले आफ्नो निर्वाचन क्षेत्रमा ढलमा बगेर ज्यान गुमाएकी विनिता फुयालको स्मृतिमा अक्षयकोष स्थापना गर्ने घोषणा गर्नु भएको छ । व्यवस्थापिका–संसद्को बिहीबारको बैठकमा विशेष समयमा भाग लिँदै उहाँले आफ्नो एक महिनाको पारिश्रमिक अक्षयकोषका निम्ति प्रदान गर्ने घोषणा पनि गर्नुभयो ।

नेपालटारस्थित ढलमा बगेर ७ वर्षीया बालिका विनिता फुयालको गत शुक्रबार मृत्यु भएको थियो । उनी युरेका माविमा अध्ययनरत थिइन् । काठमाडौं क्षेत्रनम्बर ६ बाट निर्वाचित सांसद प्रधानले फुयालले अध्ययन गरेको विद्यालयमा अक्षयकोष स्थापना गरेर उनलाई जीवन्त बनाइराख्ने बताउनुभयो ।

आफ्नो एक महिनाको तलब बराबरको रकमबाट अक्षय कोष स्थापना गर्ने र प्रत्येक वर्ष सो विद्यालयका विद्यार्थीहरुलाई विनिताको नामबाट पुरस्कार प्रदान गर्ने निर्णयमा आफू पुगेको उहाँले जानकारी दिनुभयो । सांसद प्रधानले सडक मर्मतमा ध्यान दिन आफ्नै पार्टी नेतृत्वको सरकारको ध्यानाकर्षणसमेत गराउनु भएको छ ।

तपाईको प्रतिक्रिया