बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – गायक एवम् संगीतकार अरुण थापाको १८ औं स्मृति दिवस पारेर बिहीबार विभिन्न कार्यत्रम गरिँदैछ । उहाँको सम्झनामा भक्तपुमा विशेष सांगीतिक कार्यक्रम हुँदैछ ।

दिउँसो तीन बजे भक्तपुरको मोर्डन स्कुलमा हुने कार्यक्रममा नयाँ तथा पुरोनो पुस्ताका १५ जना कलाकारले उहाँका गीत गाउने गीतकार सुवासचन्द्र ढुंगेलले जानकारी दिनुभएको छ ।

२०११ माघ ९ गते जन्मिनुभएका थापाको २०५६ साल साउन ५ गते निधन भएको थियो ।

उहाँका ऋतुहरुमा तिमी हरियाली बसन्त हौ, भुलुँ भुलुँ लाग्यो मलाई, साँझको जुनसँगै, चोट के हो व्यथा के हो, जति माया लाएपनि लगायतका गीत चर्चित छन् ।

उहाँले २०३६ सालमा तिमीबाट धेरै टाढा भएपछि बोलको गीत रेकर्ड गराएर सांगीतिक यात्रा सुरु गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया