बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

टोकियो – राजधानी टोकियोमा यही साताको आइतवार एक अत्यन्त संबेदनशील बिषयमा अन्तर्क्रिया हुने भएको छ ।

अन्तर्क्रियाको बिषय, नजिकको छिमेकी मुलुक भारतसंग नेपालको सम्बन्ध र बहुचर्चित १९५० को सन्धीको सान्दर्भिकता तय गरिएको छ ।
नेपाल र भारतको सन्धी सम्झौताहरु सिंहावलोकन गरिनुपर्ने बेला बेलामा चर्को आवाज उठ्ने गरिए पनि कार्यान्वयनको तहमा पुग्ने गरी पहलकदमी हुन नसकिरहेको सन्दर्भमा जापानमा रहेका नेपालीहरुले यस बिषयमा बहसको उठान गर्ने भएका छन् । तथापि अन्तर्क्रिया र बहसको उठान गरिनुले मात्र ठूलो अर्थ राख्दैन यसलाई लिपीबद्ध र दस्ताबेजीकरण गरी सम्बन्धित निकायसम्म पुर्‍याउने काम हुन सके कार्यक्रमले सार्थकता पाउनेमा दुई मत नहोला । अन्तर्क्रिया कार्यक्रमका प्रमुख स्रोत ब्यक्ति भने जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक तथा नेपाल भारत सम्बन्ध पुनरावलोकन सम्बन्धी गठित समितिमा भारतीय पक्षका सदस्य समेत रहेका डा. महेन्द्र पी लामा र चुकुवा विश्वविद्यालयका सहायक प्रा. डा. कमल लामिछाने रहेका छन् ।

चुकुबा विश्वविद्यालयले आयोजना गर्न लागेको यस कार्यक्रमलाई बैदेशिक लगानी उच्च स्तरिय समन्वय तथा अनुगमन समितिका सदस्य समेत रहेका ब्यवसायी महेशकुमार श्रेष्ठले संयोजन गरेका छन् भने जापानमा क्रियाशील सामाजिक अभियान्ताहरुको सहकार्य रहेको छ । यसैगरी उक्त कार्यक्रमलाई सुदुरपश्चिमेली समाज र समृद्ध नेपाल निर्माण अभियानले ब्यबस्थापकीय सहयोग गर्ने भएका छन् ।

डा. बिजय ज्ञवालीका अनुसार कार्यक्रम यही जुलाई २३ तारिख आइतवार टोकियोको सिन्जुकुस्थित जाईका इन्टरनेशनलको हलमा हुने भएको छ ।

जनस्तरबाट प्रवासमा हुने यस प्रकारका कार्यक्रमले समृद्ध नेपाल निर्माण अभियानमा सहयोग पुग्ने आयोजकले अपेक्षा गरेका छन् ।

बिषयगत हिसाबले अत्यन्त महत्वपूर्ण र गहनताको हिसाबले संबेदनशील एवं ओझपूर्ण बिषयमा हुन गईरहेको उक्त कार्यक्रममा सहभागिताका लागि जापानबासी नेपालीहरुमा अपील गरिएको छ । यद्यपि कार्यक्रम हुने हलको सिट क्षमता भने ८० जना मात्र भएकोले सहभागीहरुले अग्रिम नाम दर्ता गराउन भनिएको छ ।***

तपाईको प्रतिक्रिया