शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – भारत प्रसाशित जम्बु कश्मिरमा आफ्नै सैनिक जवानले एक गोरखा सैनिकका मेजरको हत्या गरेका छन् । गोरखा सैनिकका मेजर शेखर थापामाथि एक जवानले गोली चलाउँदा उनको मृत्यु भएको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् ।

दैनिक भास्करका अनुसार जवानले मोबाइलमा धेरै कुरा गरेको भनी मेजरले हपारेका थिए । यस्तो नगर्न भन्दै चेतावनी दिएर मेजर फर्कन लाग्दा ती जवानले उनीमाथि ५ गोली प्रहार गरेका थिए ।

गोली चलाउने जवानलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरिएको छ । -एजेन्सी

तपाईको प्रतिक्रिया