बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

टोकियो-चितवन समाज जापानको कान्ताे क्षेत्रीय समिति गठन गर्नकाे लागि प्रथम अधिवेशन हुने भएको छ । यही जुलाई महिनाकाे २३ तारिक अाइतवार प्रथम अधिवेशन तथा घोषणा सभा हुन गईरहेको समाजका केन्द्रीय अध्यक्ष सराेज कंडेलले जानकारी दिनुभयाे ।

चितवन जिल्लाबाट विभिन्न पेशा तथा व्यवसायले जापान अाई बसाेबास गरेका चितवनेहरूको साझा समाज चितवन समाजले अाफ्नाे क्षेत्रीय समिति विस्तार गर्नकाे लागि  केही समय अगाडि अर्जुन अधिकारीकाे संयाेजकत्वमा समिति गठन गरेकाे थियाे । अधिकारीकै संयाेजकत्वमा कान्ताेमा बसाेबास गर्ने चितवनेहरूकाे भेला गराई प्रथम अधिवेशन गर्न गइरहेकाे हाे । कान्ताे क्षेत्रमा बसाेबास गरिरहेका चितवनेहरू लगायत चितवन समाजलाई मायाँ गर्ने जापानबासी नेपालीहरूलाई अधिवेशनमा उपस्थितिकाे लागि निमन्त्रणा गरेकाे छ ।

कार्यक्रम टाेकियाे सिनअाेकुवाेस्थित टाेकियाे राेधी क्लवमा दिनकाे १२ बजेबाट हुन गइरहेकाे छ । अधिवेशनमा भेला भइ कान्ताे क्षेत्रीय समितिमा बसेर कार्य गर्न सक्ने सक्षम एवं इच्छुक चितवनेहरूलाई पनि अनुराेध गरिएको छ । समाजले जिल्लाका पिछडिएका वर्गकाे शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयाेग गर्दै अाइरहेकाे छ ।***

तपाईको प्रतिक्रिया