माओवादी बैठकः संगठन कमजोर हुँदा पार्टीले पराजय बेहोर्‍यो

काठमाडौं – माओवादी केन्द्रको विस्तारित बैठकमा बोल्ने अधिकांश प्रदेश इन्चार्जले संगठन कमजोर हुँदा पार्टीले पराजय बेहोुर्नपरेको औँल्याएका छन् । आज पार्टी मुख्यालमा सुरू भएको विस्तारित बैठकमा चुनावी समीक्षा प्रस्तुत गर्दै केन्द्रमा संगठन ठूलो भए पनि आधारभूत तहसम्म विस्तार गर्न नसकिएको जिकिर गरेका थिए ।

बैठकमा प्रदेश नम्बर १ बाट सावित्रीकुमार काफ्ले ३ नम्बरबाट हितमान शाक्य, ४ नम्बरबाट देव गुरुङ र ५ नम्बर प्रदेशबाट वर्षमान पुनले बोलेका छन् । बोल्ने अधिकांश वक्ताले कमजोर संगठनलाई हारको कारण औँल्याए पनि ४ नम्बर प्रदेश संयोजक देव गुरुङले भने निर्वाचन प्रणाली नै गलत भएको बताउँदै यस्तो निर्वाचन प्रणालीले परम्परावादी संसदीय शक्ति नै विजयी हुने बताउनु भएको हो ।  उहाँले प्रतिष्पर्धी पार्टीको तुलनामा हामीले आर्थीक परिचालनलाई पनि व्यवस्थित बनाउन नसकेको भन्दै परिणामतः पराजित हुनु परेको बताउनुभयो ।

५ नम्बर प्रदेश इन्चार्ज तथा कार्यालय सदस्य वर्षमान पुनले पार्टीको वैचारिक, सांगठनिक दुवै धार भुत्ते भएको तर्फ औँल्याउनु भएको छ ।  बैठकको सुरुमै बोल्नु भएका अध्यक्ष पुष्पकमल दाहालले पार्टीले बोकेका मुद्दाहरूले जिते पनि त्यसलाई मतमा रूपान्तरण गर्न नसकिएको बताउनु भएको थियो । विस्तारित बैठक तीन दिनसम्म चल्नेछ । बैठकमा हारका कारणहरू केलाइने बताइएको छ । बैठकमा ९९ जना सचिवालय सदस्य र ७५ जिल्लाका इन्चार्जहरूको सहभागिता छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित