खुमन अधिकारी ‘यसपालीको तीजमा जापान सहर’ (भिडियोसहित)

काठमाडौं – नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै जापानका ब्यवसायी दिनेश गुरुङको तीज कोसेली ‘यसपालिको तीजमा जापानको सहर’ बजारमा आएको छ ।

बहुचर्चित गायक खुमन अधिकारी र शान्ति सुनारको स्वरमा लयबध्द गीतमा लय खुमन अधिकारीकै रहेको छ भने शब्द स्मृति मोक्तान र दिनेश गुरुङको रहेको छ ।  रामेछापमा जन्मिएर लामो समयदेखि जापान बस्दै आउनु भएकी स्मृति मोक्तानको यो पहिलो तीज गीत हो ।

गीतमा अभिनय चर्चित मोडल रश्मि तामाङ र केशव भट्टराईको रहेको छ । प्रकाश भट्टको निर्देशन रहेको भिडियोको छायाङकन करण चैसिरले गर्नुभएको हो । बिष्णु शर्माको सम्पादनमा तयार भिडियोलाई तिर्सना म्यूजिक प्रालिले बजार व्यवस्थापन गरेको हो । ***

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित