बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – तामाङ समाज जापान कित्ताकान्तो ( तोचिगी, गुन्मा र इबाराकी) को प्रथम क्षेत्रिय सम्मेलन जुलाई ३० मा हुने भएको छ । कित्ताकान्तो क्षेत्रका संयोजक कुलमान लामाको अध्यक्षतामा बसेको समाजको बैठकले जुलाई ३० का दिन सम्मेलन गर्ने निर्णय गरेको हो ।

संयोजक लामाको अध्यक्षता र समाजका केन्द्रिय उपाध्यक्ष आधि लामाको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले सम्मेलनको तयारी लागि विभिन्न विभागसमेत गठन गरेको छ । जस अनुसार सरोज तामाङको प्रमुख रहने गरी ब्यानर निर्माण र प्रचार प्रसार विभाग, बिमल तामाङ प्रमुख रहने गरी प्रमुख अतिथि र अतिथि व्यवस्थापन विभाग, लेक बज्र तामाङ प्रमुख रहने गरी हल व्यवस्थापन विभाग र कृष्ण तामाङ प्रमुख रहने गरी स्वयमसेवक विभाग गठन गरिएको छ ।

साथै बैठकले कित्ताकान्तोको क्षेत्रिय सम्मेलन आयोजक समितिमा तीन सदस्य थप गरी १९ जनाको आयोजक कमिटि गठन गरेको छ । कमिटिको संयोजकमा कुलमान तामाङ रहनु भएको समाजले जनाएको छ । सरोज तामाङ, कुमार तामाङ, लेक बज्र लामा तामाङ, सुपध तामाङ, पर्वत तामाङ, कृष्ण लामा तामाङ, अंकित तामाङ, भरत तामाङ, विमल तामाङ, उमेस लामा, निमा तामाङ, सुजन लामा, सुनित तामाङ, वाड.चु लामा, रबिन लामा, सुनिल तामाङ, आदर्श लामा,अ भिनास तामाङ सदस्य रहनु भएको छ ।

तपाईको प्रतिक्रिया