शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – कुरा समय र मौसमको यानकी नजिकै आउँदै गरेको छमछमी नचाउने चाड “तीजको ।

यहाँलाई छमछमी नाच्ने मन छ एक्लै हो भने ,आफ्नै मन परेकी परीसँग धित मरुनजेलसम्म नाच्न लागीहाल्नुस् ? पिर नलिनुस् आफ्नै प्रियसी नाचेको त हेर्न सक्नुहुन्छ नि, अँगलोमा त बेर्न सक्नुहुन्छ नि ? यहाँलाई यो तीजमा भरपुर मनोरंजन दिन आफ्नो तीजको कोसेली लिएर आउनु भएको छ उमाशंकर जोशी र प्रतिभा सापकोटा “सबले भन्छन तीज आयो तिज आयो,सानुले नाचेको हेरौला मायाले बेरौउला” बाँकी सुमधुर गीतबाट देख्न सकिनेछ ।

“सबले भन्छन तीज आयो तिज आयो,सानुले नाचेको हेरौला मायाले बेरौउला” यो तिज गितमा शब्द उमाशंकर जोशी र सञ्जु न्यौपानेको छ भने लय उमाशंकर जोशीकै रहेको छ । तिज आयो बोलको गितमा चर्चित म्युजिक भिडियो निर्देशक शंकर बि.सी ,सपना,करिस्मा र राकेशको अभिनय रहेको छ ।

गायक उमाशंकर जोशीले यस गित भन्दा अगाडी दर्जनौं लोक दोहोरी,लोक डेउडा र तिज गितमा स्वर दिईसक्नु भएको छ । बझाङ जस्तो दुर्गम जिल्लाबाट आफ्नो गायन यात्रा सुरु गरेका जोशीका सबै गित उत्कृष्ट र चर्चित हुँदै आएका छन् ।

तपाईको प्रतिक्रिया