तीर्थयात्री चढेको गाडी दुर्घटनाग्रस्तः ११ को मृत्यु

काठमाडौं – जम्मू कश्मिरको बनिहालमा आज अमरनाथ यात्री चढेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा ११ को मृत्यु भएको छ भने ३५ जना घाइते भएको दैनिक भास्करले उल्लेख गरेको छ । उद्धार कार्य जारी रहेको पुलिसले जानकारी दिएको छ ।

केही दिन अघि अमरनाथ यात्रीको एक बसमाथि चरमपन्थी हमला भएपछि आठजनाको मृत्यु भएको थियो । -एजेन्सी

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित